दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक  उमेश राज जोशीकाे प्रमुख आतिथ्यतामा  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

प्राविधिक प्रहरी समूह, संचारतर्फका प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका  प्रतिष्ठानमा कार्यरत प्राविधिक प्रहरी हवल्दार विकाश राना मगरलाई प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक र उमेश राज जोशीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम पश्‍चात निर्देशन सम्बोधनका क्रममा निमित्त कार्यकारी निर्देशकले पदोन्नती हुनु भएका प्रविधिक प्रहरी हवल्दारलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै पदोन्नती पश्‍चात थप जिम्मेवारी बढ्ने र ईमान्दारी तथा लगनशिल भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेका थिए ।

१७ वैशाख २०८१, सोमवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु