दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न

4.63K
shares

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हाे।

दर्ज्यानी चिन्हले सुशोभित कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले पदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083