“अपराध अनुसन्धान (सि.प्र.अ.) ९६ औँ समूहको तालिम” सम्पन्न

5.16K
shares

काठमाडौं । नेपाल प्रहरी संगठनका निमित्त संगठन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमूख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

२०८०।१२।०४ गते देखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्‍जमा सञ्‍चालन भईरहेको “अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” ९६ औँ समूहको तालिम आज सम्पन्न भएको हाे ।

अपराध अनुसन्धान तालिममा प्रशिक्षणरत प्रहरी अधिकृतहरूबाट प्रस्तुत भएका अपराध अनुसन्धानसँग सम्बन्धित लगायतका समसामयिक विषयका जिज्ञासाहरूको प्रमूख अतिथिले सम्बोधन भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083