कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

3K
shares

धनगढी। कैलालीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय रोशन गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बाभित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिइएको हो।

यस्तै गौरिगंगा नगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–७ देबरीया स्थित राधेश्याम श्रेष्ठको घरमा कोठा गरी बस्ने २७ वर्षीय कबिन्द्र बखरीयाको कोठामा चेकजाँच गर्दा उनले लुकाई राखेको १ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083