प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

2.85K
shares

काठमाडौ । प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको  २०८१।०१।२७ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्राविधिक प्रहरी सहायक हवल्दार रुपा श्रेष्‍ठ र प्राविधिक प्रहरी समूह सूचना प्रविधि तर्फ प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार कल्पना कुमारी शाहीलाई प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा  आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हाे ।