कान्तिपुर महिला हाफ म्याराथनमा नेपाल पुलिस कि राजपुराको ह्याट्रिक

10.39K
shares
काठमाडौं  । नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर महिला हाफ म्याराथनको उपाधि जितेकि छन् । यसपटक पनि राजपुराले लगातार तेस्रोपटक कान्तिपुर महिला हाफ म्याराथन जितेर ह्याटि्रक गरेकि हुन् ।
उनलेे २०७९, २०८० र अहिले २०८१ काे १२ अाैं संस्करणमा पनि प्रथम स्थान हासिल गरेकि हुन् । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर महिला हाफ म्याराथनमा अाज काठमाडौंमा सञ्चालन भएको (RUN TO INSPIRE THE YOUNG) “कान्तिपुर महिला हाफ म्याराथन” प्रतियोगितामा नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. राजपुरा पछाईले निर्धारित दुरी १ घन्टा २२ मिनेट २५ सेकेन्ड १७ मिलि सेकेण्डमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएकि हुन् ।

‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

२०६७ सालदेखि आयोजना हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही १ लाख पाउनेछन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ राजपुराले १ घन्टा २२ मिनेट २५ सेकेन्डको समय निकालिन् । गत वर्ष उनी १ घन्टा १९ मिनेट १६ सेकेन्डका साथ उनी विजता बनेकी थिइन् ।