शिक्षामा ह्वात्तै बढ्यो बजेट, २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

2.81K
shares

काठमाडौं  ।  सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो।

उनले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको पनि जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083