कास्कीका प्रमुख एसपी मोहन थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार
वि.सं.२०८१ जेठ १६ बुधवार २१:११
3.93K
shares
shares

- काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ को अवसरमा थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहनबाट पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् ।

















