बधाई तथा शुभकामना कार्यक्रम कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ २८ सोमवार १६:०६
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
सगरमाथा दिवसको अवसरमा २०८१/०२/१६ गते सोलुखुम्बुमा सञ्चालन भएको “तेन्जिङ हिलरी एभरेष्ट म्याराथन” प्रतियोगितामा (४२ कि.मि.) महिला तर्फ निर्धारित दुरी ४ घण्टा ४२ मिनेटमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएकी नेपाल प्रहरी एथ्लेटिक्स खेलाडी प्रहरी जवान लाक्पा निमा शेर्पालाई आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्धारा बधाई ज्ञापन गर्नुका साथै आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
































