अवकास प्राप्‍त प्रहरी कार्यालय सहयोगी हर्क बहादुर राना मगरको बिदाई कार्यक्रम सम्पन्न

4.49K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीमा ३० बर्षको गौरवशाली एवम् चुनौतीपुर्ण सेवा अबधि देश र जनताको सेवा र सुरक्षामा समर्पित भई अनिवार्य अवकास भएका प्रतिष्‍ठानमा कार्यरत प्रहरी कार्यालय सहयोगी हर्क बहादुर राना मगरलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको हो।

May be an image of 5 people, dais and text

प्रमुख अतिथिले अनिवार्य अवकास भई जान लाग्नु भएका प्रहरी कार्यालय सहयोगी हर्क बहादुर राना मगरलाई मायाको चिनो प्रदान गर्नुका साथै यस संगठनमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिदाई कार्यक्रममा प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083