प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ २८ सोमवार १७:३३
4.04K
shares
shares

काठमाडौ । प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएपसी) रुकेश तण्डुकारको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथिले अनिवार्य अवकास भई जान लाग्नु भएका प्रहरी निरीक्षक वासु खरेललाई मायाको चिनो प्रदान गर्नुका साथै संगठनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिदाई कार्यक्रममा प्रहरी निरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
















