बागमती रग्बी सङ्घको अध्यक्षमा बिनु खड्का निर्वाचित

९ सदस्यीय कमिटी चयन

Nepal Life Insurance Long Ad

काठमाडौ । नेपाल रग्बी सङ्घ, बागमती प्रदेशको अध्यक्षमा बिनु खड्का निर्वाचित भएकी छन् । हालै सम्पन्न महाधिवेशनले बिनु खड्का अध्यक्षसहित ९ सदस्यीय कमिटी चयन गरेको हो।

समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, ललित कुमार घलान,सचिवमा अनन्त प्रकास श्रेष्ठ, सह सचिब कृश्ण कार्की, कोषाध्यक्षमा बिमल अचार्य रहेका छन् । त्यस्तै सदस्यहरूमा राम गौतम, दिनेश कार्की,पञ्चमाया श्रेष्ठ छन् । साथै सल्लाहाकार समितिमा देबराज बस्नेतको संयोजकत्वमा ५ सदस्यीय कमिटी चयन गरेको छ ।

उक्त सम्मेलन प्रदेश खेलकुद बिकास परिषदका सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यतामा, नेपाल रग्बि सङ्घका उपाध्यक्ष शशि लामाको विषेश आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको हो ।

May be an image of ‎6 people, dais and ‎text that says '‎.る萬 तী NO रमती रगबी ATI RUGBY ATIRUGBYASSOCT ASSOCTA শিক तथा ه‎'‎‎

ऐतिहासिक प्रथम महाधिवेशनमा नव निर्वाचित कमिटीलाई बधाई दिँदै प्रदेश खेलकुद परिषद्का सदस्य हिक्मत थपलियाले विश्वमा चर्चित खेल रग्बीलाई प्रदेश परिषद्ले विशेष रूपमा लिइएको बताए । उनले आगामी दिनमा रग्बीको विकास र विस्तारमा जनस्तरबाट उठान गर्न कार्यक्रम र योजनाहरू ल्याउनुको साथै आउँदो राष्ट्रिय खेलकुदमा स्वर्णको लागि नव गठित बागमती रग्बी सङ्घ सँग सहकार्य गर्दै योजना र कार्यक्रमहरू ल्याउने जानकारी दिए ।

May be an image of 7 people, lighting, dais and text that says '糖驗小究 N बागमतीरग्वीसंघ TION बागमती रਹ्ती संघ BAGMATI RUGBY BAGMATIRUGBY BAGMATIAUGBYASSCION ASSOTION ASSO प्रशम वार्षिक ন तिग्ेष'

नव निर्वाचित अध्यक्ष बिनु खड्काले रग्बी सङ्घले विश्वास गरी आफूलाई दिइएको जिम्मेवारीलाई आफ्नो दक्षताले भ्याएसम्म बागमती प्रदेशमा रग्बीलाई विद्यालय स्तरबाट नै विकास र विस्तार गर्ने र यस अभियानमा आफ्ना सहकर्मी कमिटीमा आफूलाई पूर्ण विश्वास भएको बताए ।

May be an image of 10 people, dais and text that says 'बागमता मवबी BAGKATAUGRY.ASSOCIATION बागमतीरवबीसंघ संघ BAGMATIRUGBY RUGBY ASSOCIATION प्रथम वा तथा प्रथमवाजग्तथा বি साघसमा सभਾ साघ'

२८ जेठ २०८१, सोमवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु