निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !
वि.सं.२०८१ असार १ शनिवार १८:२४
shares

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा ‘जेष्ठ नागरिक दुर्व्यबहार बिरुद्ध सचेतना एवम जेष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत सामुदायिक सेवा तथा समाज विकाश एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२,प्रहरी प्रभाग कोटेश्वर, र एपेक्स पोलीक्निक एण्ड डाईग्नोस्टिक सेन्टर जडिबुटीको संयुक्त आयोजनामा काठमाडौ महानगरपालिका ३२ महादेवस्थान मन्दिरको प्राङगणमा उक्त कार्यक्रम भएको हो ।

प्रमुख अतिथि डिएसपी बुढाथोकीले जेष्ठ नागरीक आमा बुबाहरुलाई रुद्राक्ष माला लगाई सम्मान गर्नुका साथै जेष्ठ नागरीक आमा बुबाहरुलाई केहि गुनासाहरु र तपाईहरु माथि थिचो मिचो भए प्रहरी नम्बर १०० मा कल गर्न र सामाजिक सुरक्षा भत्ता लिनको लागी राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने भएकोले सबै आमा बुबाहरुलाई आग्रह गर्नु भएको थियो ।

सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको सभापतित्वमा, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा काठमाडौ महानगरपालिका ३२ महादेवस्थान कोटेश्वरका जेष्ठ नागरिकका अध्यक्ष पुरषोत्तम भटराई, महिला प्रतिनिधि भगवती घिमिरेको अतिथ्यतामा, कोटेश्वर महादेव मन्दिरका अध्यक्ष बैजुहरी भटराई ,स्थानिय, समाजसेवी, बुद्धीजिवीहरू, विभिन्न टोलसुधार समितिको अध्यक्ष तथा पदाधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो ।
(तस्वीरमा हेर्नुहोस्)






































