डिएसपी शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा सचेतनामूलक अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ सम्पन्न

5.89K
shares

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा ‘बिश्व ज्येष्ठ नागरिक दुर्व्यवहार जागरुकता दिवसको अवसरमा सचेतनामूलक अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ ।

‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी वृत नयाँबानेश्वर, सामुदायिक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, कुमुद देवकोटा मार्ग सुधार समिति र व्यसर संस्थाको संयुक्त आयोजनामा कामपा ३१ कुमुद देवकोटा मार्ग स्मल अण्डर्स मन्टेश्वरी स्कुलको सभाहलमा उक्र कार्यक्रम भएको हो ।

May be an image of 5 people, hospital and text

May be an image of 10 people, hospital and text

कार्यक्रममा कुमुद देवकोटा मार्ग सुधार समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षता काठमाडौ महानगरपालिका ३१ वडाका वडा अध्यक्ष सरोज ढकालको बिशेष आतिथ्यता रहेको थियो ।

का.म.पा.का.स. बिनोद अछामि,वडा सदस्य असोक के.शी., हुमा देवि आचार्य, सामुदायिक बिकास तथा सेवा समितिका पदाधिकारी, टोलबासी, ज्येष्ठ नागरिक र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मन्तब्यका क्रममा प्रमुख अतिथिले ज्येष्ठ नागरिक आमा बुबाहरूलाई दोसल्ला ओडाई, रुद्राक्ष माला लगाई सम्मान गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई घर,परिवार, टोल र समाजमा कुनै पनि बहानामा दुर्व्यवहार भएमा सहेर नबसि दिनुहुन अनुरोध गर्दै जस्तोसुकै समस्या परेमा तत्काल प्रहरीको हटलाईन नं. ९१००० मा खबर गर्न आग्रह गर्नु भएको थियो । साथै समाज डेन्टलद्धारा निसशुल्क दन्त्त शिबिर कार्यक्रम समेत सम्पन्न भएको थियो ।

May be an image of 12 people, people studying, television and text
उक्र कार्यक्रममा का.म.पा.का.स. बिनोद अछामि,वडा सदस्य असोक के.शी., हुमा देवि आचार्य, सामुदायिक बिकास तथा सेवा समितिका पदाधिकारी, टोलबासी, ज्येष्ठ नागरिक र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

May be an image of 10 people and text

May be an image of 6 people

May be an image of 4 people and people smiling


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083