“प्रहरी विद्यालय सम्पर्क समिति तथा “POLICE TEACHER” अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा “प्रहरी विद्यालय सम्पर्क समिति तथा “POLICE TEACHER” अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत’ कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, क.न.पा.वडा नं.९ का वडाध्यक्ष र भिमान अन्तर्गत रहेका बिभिन्न १५ वटा विद्यालयका प्रिन्सिपल,शिक्षक एवं शिक्षिकाहरुको उपस्थितीमा उक्र कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अवसरमा एसपी गोविन्द राज काफ्लेले “प्रहरी विद्यालय सम्पर्क समिति तथा “POLICE TEACHER” अवधारणा, गठन प्रकृया,उद्देश्य र महत्व सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।
साथै कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले यस्ता कार्यक्रमले समाज, विद्यालय र विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने हुँदा उक्त अभियानलाई सफल बनाउन नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्ने कुरा व्यक्त गर्नू भयो। सोही कार्यक्रममा प्रिन्सिपल,शिक्षक एवं शिक्षिकाहरुलाइ समुदाय प्रहरी साझेदारी सम्बन्धि पुस्तक समेत वितरण गरिएको थियो ।
१ असार २०८१, शनिवार १९:१२ बजे प्रकाशित