एसपी गोविन्दराज काफ्लेको कमाण्डमा मुसहरका कुरा सुन्न बस्तीमा प्रहरी !

4.02K
shares

सिन्धुली । चार वर्ष अघि वाग्मती प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गरी अल्पसंख्यक मुसहर समुदायलाई सिन्धुलीको दुधौली नगरपालिका-११ पत्रिङ्गाको मुसहर टोलमा शनिबार मध्यान्ह तीनवटा प्रहरी सवार गाडी र लहरै मोटरसाइकल पुगे ।

मुसहरका कुरा सुन्न बस्तीमा प्रहरी !

एकीकृत नमुना बस्तीका मुसहरहरु कोही पनि डेग चलेनन् । केही वर्ष अघिसम्म प्रहरीको भ्यान देख्ने बित्तिक्कै जंगलतिर दौडने मुसहर समुदाय आफ्ना पीडा र छटपटाहट प्रहरीलाई सुनाउनको लागि निडर भएर अडिएका थिए ।

May be an image of 4 people and text

इलाका प्रहरी कार्यालय डकाहाको आयोजनामा अल्पसंख्यकसँग नेपाल प्रहरी सचेतना कार्यक्रममा मुसहर समुदायहरुले आफूले भोग्दै आएको पीडा र वेदना दिल खोलेर सुनाए । २१ वर्षीया सविता सदाले मदिरा र गाँजा सेवनले एकीकृत नमुना बस्ती दुर्गन्धित हुँदै गएको बताइन् ।

अल्पसंख्यकलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ताको रकमबाट मदिरा सेवन गर्ने बढ्दै गएकाले झैँझगडाले बस्तीमा तनाव सिर्जना गरेको पीडा सविताले सुनाइन् । उनले भनिन्, ‘एसपी सा’ब मदिरा र गाँजाको कुलतबाट मुसहर समुदायलाई अलग्याइदिनु पर्‍यो ।’

May be an image of 7 people

एकीकृत नमुना बस्तीमा बाहिरका मान्छे आएर दुःख दिने गरेको, मिटर व्याज मौलाएको, बालबिवाह बढेको, विद्यालय टाढा भएको, खानेपानी असुविधा, रोजगारीको अभाव जस्ता आफ्ना दैनिकी समस्याहरुका चाङ प्रहरी टोली समक्ष मुसहर समुदायले राखेका थिए ।

६४ वर्षीय शुक्र सदाले बस्ती बनाइदिएर ठुलो गुन लगाएको सरकारले खानेपानी लिन एक घण्टा हिंडेर कमला किनार पुग्नुपर्ने बाध्यता हटाइदिए ठुलो राहत पुग्ने बताए । सचेतना कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले गस्ती बढाएर कुलतलाइ न्यूनीकरण गर्ने तथा सरोकारवाला निकायलाई मुसहर समुदायको अभाव जानकारी गराउने आश्वासन दिएका थिए ।

कार्यक्रममा स्टेशनरी तथा खाजा बितरण गरिएको थियो । एकीकृत बस्तीमा मुसहर समुदायका ४७ घरपरिवार रहेका छन् ।

May be an image of 7 people and motorcycle

May be an image of 8 people and text

May be an image of 6 people and text

May be an image of one or more people, crowd and temple