प्रहरी महानिरीक्षक हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन
वि.सं.२०८१ असार ३ सोमवार २०:१८
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक हटाउन लागिएको विषयमा गलत समाचार सम्प्रेषण भएको भन्दै खण्डन गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै कार्यालयले यस्ता आधारहीन समाचारले प्रहरी कर्मचारी र प्रहरीमा नकारात्मक सन्देश जाने भन्दै तथ्य र स्रोतमा आधारीत भएर समाचार लेख्न आग्रह समेत गरेको छ ।
सूचनामा भनिएको छ,‘नेपाल प्रहरी संगठनका सन्दर्भमा केही समाचार माध्यमहरुले जथाभावी आधारहीन समाचारहरु प्रकाशन गरेको सन्दर्भमा यस संगठनमा आबद्ध अनुशासित, व्यावसायिक, निष्ठावान र सांगठनिक सक्षमता अभिवृद्धिमा विश्वास राख्ने सकल दर्जाका प्रहरी कर्मचारी मात्र नभई सथ्य, सुरक्षा, सेवा र न्यायाका लागि नेपाल प्रहरीलाई विश्वास गर्ने आम नागरिकमा समेत निराशाजनक सन्देष प्रवाह हुन सक्ने भएकाले यस्ता समाचार प्रकाशन गर्दा तथ्य र स्रोतमा आधारीत हुन ।’

साथै समाचार लेख्दा कानुनी दायरलाई मध्यनजर राख्न समेत प्रहरीले आग्रह गरेको छ ।
गृहमन्त्री रवि लामिछानले प्रहरी महानिरीक्षकलाई हटाउन लागिएको समाचार प्रकाशित भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयले यस्तो सूचना जारी गरेको हो ।















