एसपी मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा विपद् व्यवस्थापनमा हाम्रो भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.59K
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा विपद् व्यवस्थापनमा हाम्रो भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कास्की पोखरा महानगरपालीका वडा नं. २८ स्थित सेवा केन्द्रको सभाहलमा उक्त कार्यक्रम भएको हाे ।

कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी उठान भएका विषय बस्तुमाथि प्रहरी उपरीक्षक मोहन कुमार थापाले सहजिकरण गर्नुका साथै विपद्को समयमा अपनाउनु पर्ने साबधानी, होसियारीका बारेमा समेत जानकारी दिनु भएको थियो ।

कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी, टोल बिकास संस्थाका पदाधिकारी, स्थानिय आमा समूह, युवा क्लव, रेडक्रस, विपद् व्यवस्थापन समिति लगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारी समेतको उपस्थिती रहेको थियो ।