तालिम केन्द्रमा कार्यरत प्रहरी कार्यालय सहयोगीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.72K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी कार्यालय सहयोगीहरुसँग समादेशक कार्यक्रम अन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कार्यालय सहयोगीहरुसँग मासिक बैठक तथा अन्तरक्रिया गर्नु भएको हो ।

May be an image of 9 people, people studying, table and text
कार्यक्रममा प्रमुख अतिथिले प्रहरी कार्यालय सहयोगीहरुको व्यक्तिगत तथा कार्यालयमा भएका समस्या तथा सामाधानका उपायहरुको बारेमा समेत जिज्ञासा व्यक्त गर्दै आफ्नो जिम्मेवारी अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भई सम्पादन गर्न निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षकहरु लगयत सिनियर /जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

May be an image of 11 people, table and text

May be an image of 7 people

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083