“साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” को दीक्षान्त समारोह कार्यक्रम सम्पन्न

3.42K
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख अतिथ्यतामा “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” तालिमको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।

२०८१/०२/१६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तेश्रो समूह” को तालिम आज सम्पन्न भएको हो ।

May be an image of 12 people, dais and text

प्रमूख आतिथिले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखि रहनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथि एआईजी गिरिले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक नवराज मल्लद्वारा तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and text

May be an image of 5 people and text

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083