डीआईजी यज्ञ बिनोद पोखरेलद्धारा Video conference मार्फत निर्देशन
जनकपुर । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले Video conference मार्फत निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
मधेश प्रदेश अन्तरगतका जिल्ला प्र्रमुख प्रहरीा मातहत मुद्दा चल्ने सम्पूर्ण प्रहरी इकाइ प्रमुखहरुको सहभागितामा भर्चुअल मिटिङ भएको हो ।
उक्त मिटिङमा प्रहरी नायव महानिरीक्षकद्वारा मिटिङमा सहभागी प्रहरी कर्मचारीहरूलाई गृहमन्त्रीबाट भएको निर्देशन अक्षरस पालना गर्न निर्देशन दिनु भयो ।
साथै अपराध नियन्त्रण, चोरी निकासी पैठारी नियन्त्रण, श्भचय त्यभिचबलअभ को नीति अबलम्वन, गम्भिर किसिमका अपराध अनुसन्धानमा तिब्रता, फरार प्रतिवादीरफैसला कार्यान्वनमा जोड, कार्यसम्पादन सम्झौतामा उल्लेख भएका वार्षिक लक्ष्य पुरा गर्ने, प्राकृतिक श्रोत साधनको दोहनमा प्रतिवन्ध, प्रहरी परिचालन र अनुगमन तथा श्रोत साधनको विकास, उजुरीरगुनासो ब्यवस्थापन, मिटर ब्याजी समस्या समाधान, लागू औषध सेवन तथा बिक्री वितरण नियन्त्रण लगायतको समसमायिक बिषय बस्तुहरुको बारेमा निर्देशन दिनु भएको थियो ।
५ असार २०८१, बुधवार २०:११ बजे प्रकाशित