एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा ‘बिदाई तथा फेरी भेटौला कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ असार ५ बुधवार १९:३७
4K
shares
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा वढुवा प्रतिष्ठानबाट कोशी प्रदेश प्रहरी गण, बिराटनगर मोरङमा सरूवा भएका प्रहरी उपरीक्षक प्रदिप कुमार क्षेत्रीलाई विदाई गरिएको हो ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक राजन अधिकारी लगायत अन्य सि.प्र.अ./जु.प्र.अ. समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विदाई भई भएका प्रहरी उपरीक्षकलाई प्रमुख अतिथिले कृतज्ञताको चिनो प्रदान गर्नुका साथै कार्यक्षेत्रमा अब्बल रूपमा प्रस्तुत भई उत्कृष्ट कार्य सम्पादन तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
































