तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्यान्वयन गर्न डीआईजी खापुङको निर्देशन
वि.सं.२०८१ असार ६ बिहीवार १९:५३
shares

बिराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि तेस्रो समुहको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

“विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” ७ कार्य दिनको तालिम तेस्रो समूहको प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन कार्यक्रम आज कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा सम्पन्न भएको हो । प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, FIRE BALL को प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार, घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास तथा भिरबाट लडेर घाईते भएका तथा मृत्यु भएका ब्याक्तिको लाईन डोरीको प्रयोग गरी उद्दार अभ्यास प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बिपदको अवस्थामा नागरीकले प्रहरी प्रति ठुलो आशा र भरोसा गरेको हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न प्रहरीको मुख्य भुमिका रहेको बताउदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्यान्वयन गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

































