कोशी प्रदेशमा ट्राफिक सप्‍ताह सुरु

Nepal Life Insurance Long Ad

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को  शुभारम्भ भएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को शुभारम्भ भएको हो।

बिराटनगरको सिटी हलमा भएको ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

May be an image of 3 people, dais and text

 

तिव्र गति जीवन क्षेती, ट्राफिक नियम जानौ पनि मानौ पनि, आफ्नो लेन चिनौ, सहि लेनमा हिडौं, सिट क्षमता भन्दा बढी यात्रा नगरौ भन्ने मुल नाराका साथ आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । साथै वहाँले प्रदेश सरकारको तर्फबाट ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ बिभिन्न किसिमका सामग्रीहरु समेत हस्तान्तरण गर्नु भएको थियो । सोही कार्यक्रममा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै प्रसंसा पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।

May be an image of 4 people, crowd and text
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला बल्लभ अधिकारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठले ट्राफिक सप्ताहको शुभकामना सहित आ-आफ्नो भनाई राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्युनिकरणको लागि प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने बिश्वास ब्यक्त गर्नु भयो ।

May be an image of 8 people and text

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की,  खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, राज्य मन्त्री सिर्जना राई, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधीहरु, यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु,संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

May be an image of 3 people, dais and text

May be an image of 1 person and crowd

May be an image of 1 person, crowd, road and street

May be an image of 1 person, newsroom, dais and text

May be an image of 1 person, dais and text

May be an image of 3 people, dais and text that says 'SafeDrive soDinlong Long अन शमन अनुशवन न तथा समारी दुर्घट ट्ा टाक क करणकालागि करणका लागि 0C9 Tale TuO प्हरी सरस सेवा सुरवाणम C आबाजक: प्रवश सरकार जल 이때 रभणूर मळतालम्रा 所 E KNK शबदरा জররবी नयरी'

 

६ असार २०८१, बिहीवार १९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु