एआईजी दिपक थापा र सिचुआन सार्वजनिक सुरक्षा विभाग चीनका आयुक्तबिच भेटवार्ता
वि.सं.२०८१ असार ६ बिहीवार १९:११
3.64K
shares
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र सिचुआन प्रान्तका उप-गभर्नर र सिचुआन सार्वजनिक सुरक्षा विभाग, जनवादी गणतन्त्र चीनका आयुक्त (Vice-Governor of Sichuan Province and Commissioner of Sichuan Public Security Department, People’s Republic of China) का Mr. Ye Hanbing बीच बिहीबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटघाटको क्रममा उहाँहरू बीच आपसी सहयोग, सुरक्षाका सम्बन्ध मजबुत बनाउने, द्विपक्षीय सहकार्य, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विविध विषयमा छलफल भएको थियो ।
साथै सोही अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय स्थित प्रहरी नियन्त्रण कक्ष (Police Control Room) को समेत अवलोकन गरिएको थियो ।
उक्त कार्यक्रममा चीनका प्रतिनिधि मण्डलका सदस्यहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

































