“लागू औषध दुरूपयोग बिरूद्धको सचेतनामूलक प्रशिक्षण कार्यक्रम” सम्पन्न
वि.सं.२०८१ असार १० सोमवार १७:०३
shares

काठमाडौ । प्रहरी बृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीको प्रमुख आतिथ्यता ‘लागू औषध दुरूपयोग तथा ओसारपसार बिरूद्धको सचेतनामूलक प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” लागू औषध दुरूपयोग तथा ओसारपसार बिरूद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२४ लाई सप्ताहव्यापी रूपमा मनाउने क्रममा प्रहरी बृत्त नयाँ बानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र New Summit College को संयुक्त आयोजनामा काठमाडौ महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर स्थित New Summit College को सभाहलमा सोही कलेजका प्रधानाध्यापक चोकराज दवाडीको अध्यक्षता, उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साथै उक्त कलेजका शिक्षक, शिक्षिका र कक्षा १२ का बिद्यार्थीहरुको बृहत उपस्थितिमा लागू औषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्रि बितरण तथा सेवन गर्नु अपराध हो र त्यस्ता गैर कानुनी गतिबिधिमा आफू पनि नलाग्न र अरुलाई पनि लाग्न नदिन समयमै सचेत गराउने उद्देश्यले विद्यार्थीहरूलाई लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रशिक्षणका क्रममा डीएसपी शिवराज बुढाथोकीले ब्यक्तिगत सुरक्षाका साथै बिद्यार्थीहरुलाई अपराधिक क्रियाकलापमा लाग्न नदिन अविभाबक, शिक्षक शिक्षिका र कर्मचारीहरूलाई सचेत रहन र बिद्यार्थीको भबिष्य प्रती सम्बेदनशील रहन आग्रह गर्दै आफ्नो टोल छिमेकमा जस्तोसुकै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा नेपाल प्रहरीद्धारा निर्मित जनचेतनामूलक भिडियो डकुमेन्ट्रि समेत प्रर्दशन गरिएको थियो ।













