स्थानिय स्तरमा ब्यापक रुपमा सचेतनामुलक कार्यक्रमहरु गर्न डीआईजी खापुङद्धारा निर्देशन

4.33K
shares

संखुवासभा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुगमन तथा निरीक्षण भ्रमण भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

May be an image of 4 people and text

निरीक्षणको क्रममा डीआईजी खापुङले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आपराधिक गतिविधि, लागुऔषधको प्रयोग तथा ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन, २०१२, प्रहरी नियमावली, २०७१ (संशोधन सहित) तथा प्रहरी आचार संहिता, २०७७ मा भएका व्यवस्थाहरुलाई अक्षरस पालना गर्न तथा आफुमा निहित ज्ञान, सिप, कौशल र अनुभव एवं जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दै संगठनको श्रीवृद्धि गर्ने कार्यमा सकारात्मक सोचकासाथ कार्य सम्पादन गर्दै स्थानिय स्तरमा ब्यापक रुपमा समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतनामुलक कार्यक्रमहरु गर्न समेत निर्देशन दिनु भयो ।

May be an image of 6 people and text

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले संखुवासभा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो ।

May be an image of 6 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083