निमित्त आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

3.58K
shares
ललितपुर । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, सानेपा ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन, सानेपामा सम्पन्न भएको हो ।
May be an image of 9 people and text
पुरस्कार वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले भविष्यका कर्णधार स-साना विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटाउन सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि ‘SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, लागूऔषध दुर्व्यसनका घटनाहरुलाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।
May be an image of 9 people, dais and text
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको “सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता:” अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा ललितपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।
सो कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीहरुद्वारा नाटक तथा जनचेतनामूलक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
May be an image of 5 people and text
May be an image of 6 people
May be an image of lighting, crowd and dais

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083