अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न
चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर २०८१/०३/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी कारवाही तथा मानव अधिकार (प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतसम्म) चौथो समूह” को तालिम आज सम्पन्न भएको हो ।
उक्त अवसरमा प्रमुख अतिथिले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्दै प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।
साथै उक्त कार्यक्रममा शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क. लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
(तस्वीरमा हेर्नुहोस्)
१३ असार २०८१, बिहीवार १४:३९ बजे प्रकाशित