डिआईजी कृष्णहरी शर्माको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

5.04K
shares

काठमाडौ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्णहरी शर्माको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।

‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउन दिइएको निर्देशन सम्बन्धी: काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा  उक्त कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन साथै सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकता दिई नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्न सहकार्य गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापाले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083