सचिव तोयानाथ अधिकारीले दिए राजीनामा
वि.सं.२०८१ साउन ५ शनिवार १२:२८
2.74K
shares
shares

काठमाडौं । नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिना अगावै राजीनामा दिएका हुन् ।
अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।
सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ ।































