एआईजी भिम ढकालद्वारा नवनियुक्त प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
वि.सं.२०८१ साउन १० बिहीवार १४:५८
shares

काठमाडौ । प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) भिम ढकालद्वारा नवनियुक्त प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुु भएको छ ।
खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।































