त्रिविको बेरुजु कम गर्न सकिएको छैन : प्रधानमन्त्री ओली
वि.सं.२०८१ साउन १५ मंगलवार १३:५१
2.61K
shares
shares

काठमाडौं । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न नदिए पनि कम गर्न नसकेको बताएका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘ त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न दिइएको छैन। तर कम गर्न सकिएको छैन।’
उनले महालेखा परीक्षकको कार्यलयको ५७ औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गरे ।
विविध कारणले सम्परीक्षण हुन नसकि रहेकोले बेरुजु फर्स्योटको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।






























