पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी

Nepal Life Insurance Long Ad

काठमाडौँ । सहकारी अपचलनसम्बन्धी विशेष संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । सहकारीको बचत अपचलन, हिनामिना र ठगी प्रहरणमा संसदीय समितिले पूर्वगृहमन्त्री रविको बयान लिने भएको हो ।

स्रोतका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी रहेको स्रोतले बतायो ।

गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाइन लागिएको बताइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै उल्लेख छ ।

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य भेटिएको थियो ।

लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको थियो भने सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको तथ्य खुलेको थियो ।

सहकारीको बचत अपचलन र ठगीमा संलग्न जिबी राईसहित १८ जना फरार सूचीमा रहेका छन् । उनीहरु विदेशमा रहेकाले स्वदेश फर्काउन निर्देशन दिइएको छ ।

१५ साउन २०८१, मंगलवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु