एसपी नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ६ दिने कार्य अवधी तालिमको उद्धघाटन
वि.सं.२०८१ साउन २० आइतवार १३:५९
3.72K
shares
shares

काठमाडौ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ‘घुम्ती आधारभूत प्रहरी कारवाही तथा विधी विशेष अनुशिक्षण तालिम’ को उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा कार्यरत प्रहरी वरीष्ठ हवल्दार/ प्रहरी हवल्दार/ प्रहरी सहायक हवल्दा/ प्रहरी जवान लक्षित ६ दिने कार्य अवधी तालिमको प्रहरी परिसरमा आयोजित एक कार्यक्रमकाबिच उद्घाटन भएको हो ।

एसपी नवराज अधिकारीद्वारा तालिमको उद्धघाटन गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम सम्बन्धी संक्षिप्त जानकारी समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक सिनियर /जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


















