१-१८३ औ समुहको आधारभूत तालिम Induction Phase समुद्‍घाटन कार्यक्रम सम्पन्न

3.91K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औ समुहको Induction Phase समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

तालिममा ३ जना महिला र २७ जना पुरूष प्रशिक्षार्थी प्रहरी निरीक्षक सहित जम्मा ३० जना नव प्रवेशी प्रहरी निरीक्षकहरूलाई ४५ कार्य दिनको Induction Phase मा समावेश गराइने छ ।

May be an image of 8 people and text

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक तथा MPS कार्यक्रमका  Faculty  प्रमुख प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी, अ.अ. विद्यालयका प्रधानाचार्य, सह – निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरू,जुनियर प्रहरी अधिकृतहरू र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 4 people, dais and text