सिन्धुली प्रहरीद्वारा निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

4.56K
shares
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर उत्कृष्ट कामकाे शुरुवात गरेको छ ।

 

यसै क्रममा आज वि.पि राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण प्रहरीले प्रहरीको साझेदारी कार्यक्रम अन्र्तगत गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली , जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना र कमलामाई नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला रेडक्रस सोसाइटी शाखा सिन्धुलीको प्राबिधिक सहयोगमा आँखा परिक्षण गरिएकाे सिन्धुलि जिल्ला प्रमुख एसपी गाेबिन्द राज काफ्लेले जानकारी दिए।

सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य अनुरुप कमलामाई नगरपालिका वडा नं.६ माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनहरुका १७५ जना चालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरीएको थियो ।