“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २४ बिहीवार १८:१३
6.51K
shares
shares

काठमाडौ । “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्रहरी उपरीक्षक /प्रहरी नायव उपरीक्षक) तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न भएको छ । अपराध अनुसन्धानको बारेमा छलफल तथा अनुभव आदान प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । ।

उक्त कार्यक्रममा जिल्ला न्यायधिश माधव प्रसाद घिमिरे, सह-न्यायधिवक्ता संजिव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र अधिवक्ता सुवास आचार्य Panelist को रूपमा
उपस्थित हुनु भएको थियो ।
आज Panel Discussion About Crime Investigation बिषय कार्यक्रममा ५ जना प्रहरी उपरीक्षक र १९ जना प्रहरी नायव उपरीक्षक प्रशिक्षार्थीको रूपमा सहभागी भएका थिए
































