आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २८ सोमवार १६:३६
shares

काठमाडौ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघको ४० औ वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अर्न्तगत नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी अस्पताल महाराजगंजको सहकार्यमा उक्त कार्यक्रम भएको हो । साथै १२२ जनाले “रक्तदान ( Blood Donation)” गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर, महासचिव अनुश्री पाख्रीन, उपाध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्यहरु नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहतका विभिन्न प्रहरी कार्यालयहरुबाट सिनियर प्रहरी अधिकृत , जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु तथा नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंका शिक्षक शिक्षिकाहरु लगाएतको उपस्थिति रहेको थियो ।































