बारा प्रहरीद्धारा ७१ लाख बढीको सामान बोकेको ट्रक नियन्त्रणमा

3.41K
shares

काठमाडौं ।  बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना ३ ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्स लगायतका खुद्रा सामान थिए।

ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।

ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083