जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २८ सोमवार १७:००
shares

उदयपुर । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सोही अवसरमा जिल्ला मातहतका अन्य प्रहरी युनिटले समेत कार्यालय परिसर भित्र रहेको खाली जग्गामा वृक्षारोपण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६६ वटा, ईलाका प्रहरी कार्यालय कटारीले २५ वटा, ईलाका प्रहरी कार्यालय बेल्टारले ७ वटा र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले १४ वटा गरी जम्मा ११२ वटा विभिन्न प्रजातीका रुख एवं फलफूलका बिरुवाहरु वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगी, कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाई, सिनियर प्रहरी अधिकृतहरु र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरु सहभागी भएका थिए ।
































