‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ भदौ १ शनिवार १७:२६
4.13K
shares
shares

ललितपुर । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यक्रम’ सम्पन्न भएको छ । २०८१/०४/३२ गते जिल्ला प्रशासन कार्यालय ललितपुर स्थित सभाहलमा उक्त कार्यक्रम भएको हो ।

जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक शेखर खनालको संयोजकत्व तथा अन्य सम्पुर्ण सरोकारवाला निकायहरुको उपस्थितिमा,आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि १८ सदस्यीय अभियान समिति गठन गरी अन्तरर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

































