प्रहरीमा राजनितीक हस्तक्षप : इन्सपेक्टरको सरुवा अलपत्र

3.74K
shares

काठमाडौं । अस्ति नै हुने भनिएको सिडिओ र नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा अलपत्र बनेको छ। गृहमन्त्री निकट बिचौलिया हाबी हुँदा सरुवा अलपत्र बनेको बताइएको छ।

त्यसमाथि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीका प्रमुख आइजीपीको इन्ट्रेस्ट समेत नमिल्दा सरुवामा ढिलाई भएको हो। यस अगाडि गत शुक्रबार नै गृहले सरुवाको अन्तिम तयारी थालेको थियो। तर, त्यसबेला रोकिएको सरुवा अहिले पनि हुन सकेको छैन।

हाल दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा विभिन्न सरुवा बढुवा अल्झिने गरेका छन्। समयमा सरुवा नहुँदा गृह मन्त्रालयमा अहिले सात सहसचिव र २० उपसचिव लामो समयदेखि जिम्मेवारीविहीन छन्। विभिन्न जिल्लामा सिडिओ तथा सहायक सिडिओको पद रिक्त छन्।

यसै अलपत्र बनेको सरुवा गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि गृहका सरुवा अझै लम्बिने देखिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083