आईजीपी कुँवरद्वारा प्रदेश प्रमुख तथा सबैलाई भर्चुअल माध्यमबाट समसामायिक बिषयबस्तुमा निर्देशन

8.06K
shares
काठमाडौ ।  आईजीपी कुँवरद्वारा प्रदेश प्रमुख तथा सबैलाई भर्चुअल माध्यमबाट समसामायिक बिषयबस्तुमा निर्देशन दिनु भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरु एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आज सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामायिक बिषयबस्तुमा निर्देशन सम्बोधन गर्नु भएको हो ।
May be an image of 3 people, television, the Oval Office, dais, newsroom and text
समसामयिक सुरक्षा चुनौती र प्रशासनिक कार्यशैलीलाई प्रभावकारी बनाउन प्रहरीको भूमिकामा अझ सशक्तीकरण र जिम्मेवारीको आवश्यकतामा जोड दिँदै कुँवरले वर्तमान परिस्थितिका चुनौतीहरू सामना गर्न रणनीतिक योजना र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।
यस अवसरमा उनले कानुनको पालना सुनिश्चित गर्न, शान्ति सुरक्षा कायम राख्न, र राजमार्ग तथा ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउने विषयमा निर्देशन दिनु भएको थियो ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083