डिआईजी लालमणी आचार्यद्धारा मातहतका प्रमुखहरूलाई निर्देशन

5.03K
shares
जनकपुर ।  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणी आचार्यले भर्चुअल माध्यमद्वारा मातहतका प्रमुखहरूलाई निर्देशन दिनु भएको छ । डिआईजी लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा, विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितमा भर्चुअल माध्यमद्वारा निर्देशन दिनु भएको हो ।
निर्देशनको क्रममा विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो ।
May be an image of 10 people, television and text
डिआईजी आचार्यले चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उहाँले बताउनु भएको थियो । ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083