नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन टोलीद्वारा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अनुगमन
बुटवल । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन टोलीद्वारा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” को कार्यतालिका बमोजिम असोज १ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआईजी सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको निरीक्षण अनुगमन गर्नु भएको हो । ।
तालिम केन्द्र निरीक्षणको क्रममा एआईजी गिरिले कार्यालयको भवन, प्रशासन, प्रबन्ध, लेखा, सञ्चार, एम. टि., भर्ना छनोट तथा घुम्ती शाखा, तालिम शाखा, पुस्तकालय, ई-लाईबेरी, कवाज मैदान, बाधापार, मेश, क्यान्टीन लगायत ब्यारेकको अवस्था र शाखाको अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
कार्यक्रममा भिड नियन्त्रण तालिम ११० औ समुहबाट सिलसिलेबार बलको प्रयोग सम्बन्धी अभ्यासको प्रस्तुति गराईएको थियो । कार्यक्रममा तालिम केन्द्रका प्रमुख एसएसपी हिमालय कुमार श्रेष्ठले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । एआईजी सुदिप गिरीले तालिम केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी क्रमचारीहरुलाई तालिम केन्द्र Center for Excellence रहेकाले यहाँ रहने क्रर्मचारी संगठनको उद्देश्य र मर्म अनुरुप तोकिएको निर्देशन बमोजिम कार्यसम्पादन गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो।
५ असोज २०८१, शनिवार १३:१२ बजे प्रकाशित