एसएसपी अबि नारायण काफ्लेद्वारा डिएसपी रविन विष्टलाई कार्य सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न

3.43K
shares

बिराटनगर । काेशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी अबि काफ्लेद्वारा डिएसपी रविन विष्टलाई कार्य सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८१ असोज ०७ गतेको निर्णयले यस केन्द्रबाट जिल्ला प्रहरी कार्यालय पर्वत दरबन्दीमा हाजिर हुनजान लाग्नु भएका प्रहरी नायव उपरीक्षक रविन विष्टलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यमा नयाँ कार्यक्षेत्रमा सफलताको शूभकामना सहित फेरी भेटौला तथा शुभकामना ज्ञापन कार्यक्रम सु-सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा तालिम केन्द्रका प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत सम्पूर्ण प्रशिक्षक वर्गहरु समेतको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083