एसपी श्यामबाबु ओलियाले सम्हाले कास्की प्रहरी प्रमुखको कमाण्ड

6.08K
shares

 

अघिल्लो हप्ता प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी ओलियालाई कास्की प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । गण्डकी प्रदेशको केन्द्र भागमा रहेको कास्कीलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ ।

विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका ओलिया संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई यसअघिका एसपी मोहन थापाले स्वागत गरेका थिए ।

कमाण्ड सम्हाल्दै एसपी ओलियाले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरे ।

यसअघि कास्कीको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक मोहन थापाले १ वर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । उनको प्रहरी प्रधान कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

एसपी थापाको समेत आजै विदाई भएको छ । उनलाई एसपी ओलिया र प्रहरी नायब उपरीक्षकले विदाई गरेका हुन् ।