एसपी माधव बुढाथोकीले सम्हाले भक्तपुर जिल्ला प्रहरी परिसरको जिम्मेवारी

5.85K
shares

भक्तपुर । प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले भक्तपुर जिल्ला प्रहरी परिसरको जिम्मेवारी सम्हालेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको प्राङ्गणमा “स्वागत तथा फेरी भेटौला कार्यक्रम” को आयोजना गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार लुम्विनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेबाट सरुवा भई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रमुखको रुपमा आउनु भएका एसपी माधव प्रसाद बुढाथोकीलाई कार्यालय प्रमुख एसपी बेद बिष्टले स्वागत गर्नु भएको थियो ।

स्वागत कार्यक्रममा प्रहरी वृत्त ठिमी भक्तपुरका प्रमुख डिएसपी प्रेम सागर के.सी, प्रहरी वृत्त जगाती भक्तपुरका प्रमुख डिएसपी दिप्ती कार्की, काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाका प्रमुख डिएसपी सुवास बुढाथोकी लगायतका अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।