बाराको कवहीगोठमा सुविधा सम्पन्न हाट बजार संञ्चालनमा, असोज १७ गते उद्घाटन हुने

Nepal Life Insurance Long Ad
यो बारा जिल्लाको सबैभन्दा ठूलो, परिमार्जित र व्यवस्थित हाट बजार हो । बजारमा ब्यापारीहरुलाई सम्पुर्ण सुबिधा रहेको छ । बेचबिखनका लागि ल्याइएको पशु चौपायाहरु लाई व्यवस्थापन राम्रो संग गर्ने भएको छ । साथै बिक्री गरिने पशु चौपायाको भेटनरी तथा करेन्टाइन गर्ने व्यवस्था समेत रहेको छ ।
ब्यवस्थित र सुविधासम्पन्न बजार संचालनमा  आएसङै स्थानीयहरु पनि खुसी देखिन्छन् ।  बजारमा रहेको चौपायालाई बजार व्यवस्थापनले घाँस पानी दिनुका साथै अन्य स्याहारसुसारको व्यवस्था मिलाएको छ ।

 

यस्तै बिक्री नभएको चौपाया तथा पशुपंक्षी ढुक्कसँग व्यापारीले छोडेर जान मिल्ने व्यवस्था मिलाएको जानकारी बजार व्यवस्थापन समितिको संचालक कुमार मास्केले जानकारी दिए ।

१५ असोज २०८१, मंगलवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु